आदरणीय ह्योल्मो दाजू भाइ तथा दिदी बहिनीहरु, नेपाल ह्योल्मो समाज सेवा संघ, ह्योल्मो आदिवासी जातीको एक मात्र प्रतिनिधि जातिय संगठन हो । ह्योल्मो जातिको पहिचान र अस्तित्व बोक्ने आधिकारिक सँस्था नै यही भएकाले यसको आफ्नो विशिष्ट महत्व छ । यसैले पनि हामीले नेपाल ह्योल्मो समाज सेवा संघको मुद्दालाई ह्योल्मो जातीको पहिचान र अस्तित्वको मुद्दाको रुपमा लिएका थियौ । |
![]() |
गत मिति २०६७।०१।१५ को सम्मानित श्री सर्वोच्च अदालतको निर्णयले नेपाल योल्मो समाज सेवा संघलाई खारेज गर्दै हामीलाई बैधानिकता प्रदान गरेको छ । यसले संघलाई सँस्थाको उद्देश्य अनुसार कार्य गर्न अझ धेरै बाटो खुलाएको छ, जुन सफलता पाउन प्रत्येक ह्योल्मो दाजूभाइ तथा दिदीबहिनीहरुले आफ्नो-आफ्नो क्षेत्रबाट अमूल्य योगदान दिएको छ । यसको लागि म लगायत हामी सम्पूर्ण केन्द्रिय कार्य समिति यहाँहरु समक्ष हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ । वास्तव मै हामी सबैको सहकार्य, सहयोग, योगदान र एकताले नै यो सम्भव भएको हो । यसैले संघका जिल्ला कार्य समितिहरु, भातृ संगठनहरु विदेशमा रहनु भएका ह्योल्मो समुदाय तथा संगठनहरु एवं सँस्थाका सम्पूर्ण आजीवन तथा साधारण सदस्यहरु लगायत आम ह्योल्मोहरुबाट निकट भविष्यमा पनि यस्तै अमूल्य सल्लाह सुझाव तथा सहयोगको आशा लिएको छु । |
|
ह्योल्मो समाजलाई प्रगति र विकासको मार्गमा डोर्याउनु हामी सबैको कर्तव्य हो । मुलुकमा ह्योल्मो जातिको अधिकार स्थापना गर्न सक्यौ भने मात्रै वास्तविक रुपले राज्यमा हामीले पनि सम्मानित नागरिकको हैसियतले बाँच्न सक्छौँ । जसको दायित्व र कर्तव्य हामी सबैको हो । यसैले सम्पूर्ण ह्योल्मो दाजुभाइ तथा दिदी-बहिनीहरुमा एकता र सहयोगको लागि हार्दिक अनुरोध गर्दछु । |
|
साथै, हामीले हाम्रो कार्यकालमा संघलाई स्वच्छ रुपले विशुद्ध जातिय सँस्थाको रुपमा विकासित गर्न आफ्नो दायित्व कर्तव्यमा कमी आउन नदिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । |
|
थुजिक्षे ! |
|
सभापति |
|
छावा गिर्मी ह्योल्मो |