|
नेपाल ह्योल्मो समाज सेवा संघलाई सवोच्च अदालतद्वारा आधिकारिक मान्यता प्रदान । |
|
ह्योल्मो आदिवासी जातीको एक मात्र राष्ट्रिय स्तरको जातीय संगठन नेपाल ह्योल्मो समाज सेवा संघमा विगत ५ बर्ष देखि विवादित रहँदै आएको “ह्योल्मो” लेखाइको मुद्दालाई सम्माननीय श्री सवोच्च अदालतको मिति २०६७।०१।१५ गतेको निर्णयले यस संघलाई आधिकारिक मान्यता प्रदान भनि सँस्थाको उद्देश्य अनुसार पूर्ववत ढङ्गले कार्य गर्न दिनु परमादेश जारी गरेको छ । |
|
जातीय पहिचानको नाममा केही व्यक्तीहरुले “ह्योल्मो” को सट्टा “योल्मो” लेखिनु पर्ने भन्दै यस सँस्थाको छाप, लेटरप्याड तथा दर्ता नं । ०३ को दुरुपयोग गर्दै सँस्थाको विधान विपरित जथाभावी रुपले नेपाल योल्मो समाज सेवा संघको नाममा अधिवशन बोलाउने आदि जस्ता कार्य गरेकोमा सो विरुद्ध सँस्थाको तत्कालिन दोश्रो कार्य समितिका कार्यबाहक सभापति श्री निमा लामा ह्योल्मो लगायतले श्री सवोच्च अदालतमा मिति २०६५।०६।०३ गते रिट निवेदन पेश गरेको थियो । सोही कारबाही उपर सवोच्च अदालतले यस्तो निर्णय दिएको हो । |
|
यसै निर्णय अनुसार मिति २०६६ मंसिर १३ गते सम्पन्न सँस्थाको तेश्रो महाधिवेशनबाट निर्वाचित श्री छावा गिर्मी ह्योल्मोको सभापतित्वमा गठित तेश्रो कार्य समितिलाई पनि मान्यता प्राप्त भएको छ । |
|
त्यति बेला रिट निवेदन कर्ताहरु दोश्रो कार्यसमितिका तत्कालिन कार्यवाहक सभापति श्री निमा लामा ह्योल्मो (सेर्माथाङ), पूर्व सभापति श्री विनोद लामा ह्योल्मो (श्योमखर्क), केन्द्रीय महासचिव श्री निमा छिरिङ लामा ह्योल्मो (तक्पाखर्का-निङ्गाले), केन्द्रीय सचिव श्री टासी लामा ह्योल्मो (थाङपालकोट-नाँगी), केन्द्रीय कोषाध्यक्ष सुश्री किन्जो ओमु लामा ह्योल्मो (नेङेम्बा), केन्द्रीय सदस्यहरु श्री छावा गिर्मी शेर्पा ह्योल्मो (घ्याङफेदी), श्री ग्याल्बो लामा ह्योल्मो (श्युगेन्चे), श्री दोर्जे लामा ह्योल्मो (ताखोर-कुटुम्साङ), श्री छिरिङ लामा ह्योल्मो (श्युगेन्चे) तथा पूर्व केन्द्रीय सचिव एवं आजीवन सदस्य श्री टासी दोङबा ह्योल्मो (सेर्माथाङ) रहेको थियो । |
|
सो रिट निवेदन सँस्थाको उद्देश्य तथा विधान विपरित कार्य गर्ने तथाकथित नेपाल योल्मो समाज सेवा संघका पेमा दोर्जे लामा (कज्ये), दावा साङबो लामा (गेल्दर), दावा ग्याल्बु लामा (च्योमथिली), ल्हाक्पा लामा (रसुवा) का विरुद्ध दिइएको थियो भने “ह्योल्मो” लाई अवैधानिक ढङ्गले “योल्मो” भनी सिफारिस गर्ने नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलय, सिंहदरबार, आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सनेपा-ललितपुर, जिल्ला प्रशासन कार्यलय, बबरमहल-काठमाडौ, त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग-काठमाडौ, गुम्बा व्यवस्था तथा विकास समिति, पुल्चोक-ललितपुर तथा नेपाल प्राध्यपक संघ त्रिभुवन विश्वविद्यालय विरुद्ध पनि रिट निवेदन हालिएको थियो । |
|
सो मुद्दामा नेपाल ह्योल्मो समाज सेवा संघको तर्फबाट अधिवक्तहरु रबिराज भण्डारी, पन्नामान तुलाधार, शंकर लिम्बु, फुर्पा ह्योल्मो तथा सन्तोष राना मगरले बहस गरेका थिए । |
|
यस नेपाल ह्योल्मो समाज सेवा संघ मिति २०४७।०२।०२ गतेका दिन नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध भएको थियो । यसरी २०५४।०३।२३ मा राष्ट्रिय जनजाति विकास समिति (हालको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान)को गठन आदेश जारी भएकोमा सोको अनुसुची १ मा सुचिकृत गरिएको थियो भने जिल्ला प्रशासन कार्यलय, काठमाडौमा मिति २०५५।०४।०३ मा दर्ता नं । ०३।०५५।५६ मा दर्ता गरिएको थियो । नेपाल सरकारको मिति २०५४।३।२३ को राजपत्र भाग ३ मा प्रकाशित जनजातिको अनुसुचिमा ह्योल्मो समुदाय नेपालको आदिवासी जनजाति हुनुको साथै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा उल्लिखित ५९ आदिवासी जनजाति हो । |
|
|
|
|
|
© Copyright 2004 - 2010 Nepal Hyolmo Social
Service Association. All right Reserved. |
WEB DESIGN:
Hyolmo Creative Link (P) Ltd. |
|
|
|
|
|
|