|
ह्योल्मो संघको तेस्रो केन्द्रिय महाधिवेशन सम्पन्न |
|
आदिबासी ह्योल्मो
जनजातिहरुको एक मात्र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तिरमा प्रतिनिधिमूलक जातिय
संस्था नेपाल ह्योल्मो समाज सेवा संघको तेस्रो केन्द्रिय महाधिवेशन यही २०६६
साल मंसीर १३ गते बृहद ह्योल्मो जन समुदायहरुको सहभागितामा भब्यताकासाथ
काठमाडौमा सम्पन्न भएको छ । |
|
ह्योल्मोहरुको
बाहुल्यता रहेको सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र काठमाडौ लगायत अन्य
जिल्लाहरुमा रहेका आदिबासी ह्योल्मोहरुको सक्रिय सहभागितामा सम्पन्न सो
केन्द्रिय महाधिवेशनले श्री छावा गिर्मी ह्योल्मोको नेतृत्वतामा २५ सदस्यीय
केन्द्रिय कार्य समिति आगामी तीन वर्षको लागि चयन गरेको छ । सो तेस्रो
केन्द्रीय महाधिवेशनबाट सभापतिमा श्री छावा गिर्मी ह्योल्मो (नुवाकोट), प्रथम
उपसभापतिमा शंकर लामा ह्योल्मो (सिन्धुपाल्चोक), द्वितीय उपसभापतिमा सुश्री
किन्जो ओमु ह्योल्मो (नुवाकोट), तृतीय उपसभापतिमा बाबुलाल तितुङ ह्योल्मो (रसुवा),
महासचिवमा अधिवक्ता फुर्पा ह्योल्मो (रसुवा), सचिवमा टसीछिरिङ ह्योल्मो (सिन्धुपाल्चोक),
कोषाध्यक्षमा दावा दोङ्बा ह्योल्मो (सिन्धुपाल्चोक) र सदस्यहरुमा श्री ल्हानम
लामा ह्योल्मो, श्रीमती कर्बु लामा ह्योल्मो, श्रीमती नोर्बु डोल्मा ह्योल्मो,
पेमा लामा ह्योल्मो, क्षेक्याल दोर्जे लामा ह्योल्मो, लाक्पा लामा ह्योल्मो,
छेदेन (सदेन) लामा ह्योल्मो, दावाग्याल्सेन लामा ह्योल्मो, रेन्जेन लामा
ह्योल्मो, श्रीमती मिङ्मार ओमु ह्योल्मो, राजाराम थोक्र ह्योल्मो, पासाङ फुर्वा
ह्योल्मो र प्रभात लामा ह्योल्मो सहित २५ सदस्यीय तेस्रो केन्द्रिय कार्यसमितिको
चयन भएको निर्वाचन मण्डलका मुख्य अधिकृत अधिवक्ता श्री सन्तोष राना मगरले
जानकारी दिनु भयो । |
|
सो तेस्रो
राष्ट्रिय महाधिवेशन संघका कार्यवहाक सभापति तथा नेपाल जनजाति महसंघका विदेश
विभाग सचिव श्री निमा लामा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अथिति नेपाल जनजाति महासंघका संस्थापक महासचिव तथा एकिकृत
माओबादीका केन्द्रीय सदस्य श्री सुरेश आले मगरज्यूले भगवान बुद्घको प्रतिमा
अगाडि छेमी प्रज्वलन गरि समुत्घाटन गर्नु भएको थियो । सोही अवसरमा निर्वतमान
अध्यक्ष श्री बिनोद लामा ह्योल्मोले ह्योल्मो आदिबासी जनजातिको जतीय संस्था
नेपाल ह्योल्मो समाज सेव संघको स्थापनाको औचित्य एवं २०६३ सालदेखि महाधिवेशन
हुदाको मितिसम्म भएका घटनाको बिवरण समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको
उद्घाटन सत्रमा श्री सुरज लामा ह्योल्मोले स्वागत मन्तव्य दिनु भको थियो भने
संघका पूर्व महासचिव एवं नेपाली काग्रेसका महासमिति सदस्य श्री निमा ग्याल्जेन
ह्योल्मो, ह्योल्मो समाज सेवा केन्द्रका अध्यक्ष श्री दावा दोर्जे ह्योल्मो,
संघका पूर्व उपसभापति श्री रेन्जेन लामा ह्योल्मो लगायत अन्य महानुभावहरुले
महाधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रमुख
अथिति श्री सुरेश आले मगरज्यूले जनजातिहरुको हकहितको लागि सम्पूर्ण आदिबासी
जनजातिहरु एक हुनु पर्ने कुरालाई अघि सार्दै नेपाल ह्योल्मो समाज सेवा संघको
तेस्रो केन्द्रिय महाधिवेशनको सफल्ताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
|
|
कार्यक्रमको
उत्घाटन सत्रमा नेपाल ह्योल्मो समाज सेवा संघको तेस्रो केन्द्रिय महाधिवेशन
मुलआयोजक समितिका संयोजक श्री छावा गिर्मी ह्योल्मोले धन्यवाद ज्ञापन गर्नु भएको
थियो भने सभापतिको आशनबाट श्री निमा लामा ह्योल्मोले मन्तव्य सहित सभा बिसर्जन
गर्नु भएको थियो । |
|
कार्यक्रमको दोसो
सत्रमा पनि कार्यवहाक सभापतिबाट सभापतिको आशन ग्रहण भएको थियो र सो सत्रमा
महासचिव श्री निमा छिरीङ लामा ह्योल्मोज्यूबाट आर्थिक बर्ष २०६३ देखि २०६६ साल
सम्मको संघका गतिविधिको सम्बन्धमा प्रकाश पार्दै प्रगति प्रतिवेदन प्रस्तुत
गर्नु भएको थियो भने कोषाध्यक्ष सुश्री किञ्जो ओमो ह्योल्मोज्यूले आर्थिक बर्ष
२०६३ देखि २०६६ साल सम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस
पछि सभापतिबाट निर्वाचन आयोगका मुख्य अधिकृतलाई संघको तेस्रो केन्द्रीय कार्य
समितिको निर्वाचन सम्पन्न गराउनको लागि जिम्मेवारी सुम्पदै संघको दोस्रो कार्य
समिति बिगटन भएको घोषणा गर्नु भएको थियो । केन्द्रिय अध्यक्ष, महासचिव तथा
कोषाध्यक्ष पदहरुमा एक भन्दा बढीको मनोनयन पत्र परेको भएतापनि अन्तमा सहमतिको
आधारमा बिन मतदान निर्बिरोध रुपमा निर्वाचन सम्पन्न भएको छ । |
|
कार्यक्रमा तेस्रो
महाधिवेशन मूल आयोजक समिति अन्तर्गतको साँस्कृतिक उपसमितिले आदिबासी ह्योल्मो
जातिको परम्परागत भेषभूषामा सुसजित भएर ह्योल्मो स्ह्याब्रु सहित विभिन्न
साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । |
|
|
|
Click to see the news of Third Convention held in Kathmandu |
|
|
|
|
|
|
|
© Copyright 2004 - 2010 Nepal Hyolmo Social
Service Association. All right Reserved. |
WEB DESIGN:
Hyolmo Creative Link (P) Ltd. |
|
|
|
|
|
|